घनश्याम भूसालले पनि एमालेबाट टिकट नपाउने

घनश्याम भूसालले पनि एमालेबाट टिकट नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेकपा एमालेका नेता घनश्याम भूसालले टिकट नपाउने निश्चित भएको छ । एमाले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सचिव छविलाल विश्वकर्मालाई दिइएको सूचीमा भूसालको नाम समावेश नभएको स्रोत बताउंछ ।

एमालेको १० औं महाधिवेशनमा भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएर पराजित भएका थिए । पछि उनलाई स्थायी समिति सदस्यमा मनोनित गरिएको थियो । भुसाल एमाले अध्यक्ष केपी शर्मा ओलीका आलोचकका रुपमा समेत चिनिन्छन् ।

एमालेको रुपन्देही क्षेत्रीय कमिटीले रुपन्देही ३ बाट भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस गरेको थियो । भुसालले क्षेत्र नम्बर १ बाट निर्वाचन लड्न खोजेपनि उनको नाम त्यहांबाट सिफारिस हुन सकेन ।

एमालेले यो क्षेत्र राप्रपालाई दिने तयारी गरेको छ । राप्रपाका नेता दीपक बोहरालाई एमालेले समर्थन गर्ने सम्भावना छ ।

एमालेका पूर्व उपाध्यक्ष भीम रावलको समेत अछाम १ बाट एकल नाम सिफारिस भएपनि एमाले अध्यक्ष ओलीले उनको सट्टा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेता झपट बोहोरालाई टिकट दिने निर्णय गरेका थिए ।