माओवादी अध्यक्ष दाहालले अन्ततः चितवन छोडे,गोरखा २ बाट उम्मेदवार बन्ने घोषणा

माओवादी अध्यक्ष दाहालले अन्ततः चितवन छोडे,गोरखा २ बाट उम्मेदवार बन्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा–२ बाट उम्मेदवार बन्ने भएका छन् । दाहाल यसअघि वाम गठबन्धनको तर्फबाट चितवन–३ बाट निर्वाचित भएका थिए । माओवादी केन्द्रको पदाधिकारी बैठकमा दाहालले आफु गोरखाबाट निर्वाचन लड्ने बताएको स्रोतले जानकारी दियो ।

यसअघि चितवन नछोड्ने अभिव्यक्ति दिएका दाहालले अन्ततः चितवनबाट आफुलाई असुरक्षित महसुस गरेपछि गोरखाबाट चुनाव लड्ने भएका हुन् । २०६४ सालबाट संसदीय राजनीतिमा आएदेखि नै दाहालले आफ्नो निर्वाचन क्षेत्र फेर्दे आएका छन् ।

दाहालले २०६४ मा रोल्पा– २ र काठमाडौं– १० बाट निर्वाचन जितेका थिए । तर, उनले २०७० को निर्वाचनमा काठमाडौं– १० मा भने कांग्रेस नेता राजन केसीसंग पराजय ब्यहोरेका थिए ।

उनले त्यो बेला सिरहा– ५ बाट झिनो अन्तरले जितेका थिए । दाहाललाई त्यो बेला सिरहाबाट धांधली गरेको चुनाव जितेको आरोप लागेको थियो । दाहालले चितवन छोडेर गोरखा रोजेसंगै यो उनको पांचौ निर्वाचन क्षेत्र हो ।