सत्ता गठबन्धनभित्र भागबन्डामा जुट्यो सहमति, कसले कति सिट पाए ? 

सत्ता गठबन्धनभित्र भागबन्डामा जुट्यो सहमति, कसले कति सिट पाए ? 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनभित्र संघीय निर्वाचन अन्तर्गत सिट बाँडफाँटमा सहमति जुटेको छ । पछिल्लो समय सत्ता गठबन्धनका शीर्ष नेताहरू मङ्सिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत भागबन्डा मिलाउन निरन्तर छलफलमा जुटेका थिए ।

 सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादीले नेकपा एमालेसँग तालमेल गर्ने निर्णय गरेपछि गठबन्धनभित्र सहमति जुटेको हो । जसपा बाहिरिए पनि महन्थ ठाकुर नेतृत्वको लोसपा भने गठबन्धनमा सामेल हुने भएको छ ।

जसअनुसार ९८ स्थानमा कांग्रेस र लोसपाबीच बाँडफाँट हुने स्रोतको दावी छ । हाल १२ क्षेत्र खाली राखिएको छ । त्यही १२ क्षेत्र लोसपालाई दिएर कांग्रेस ८६ मा बस्न सक्ने सहमित जुटेको जनाइएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ४५, एकीकृत समाजवादीले २० र राजमोले २ सिट पाउने भएका छन् ।