दार्चुला – नेपाली कांग्रेस दार्चुलाका पूर्व जिल्ला सचिव गौरिशंकर गिरीले पार्टी परित्याग गरेका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउंदै गिरीले पार्टी छोडेका हुन् । उनी बिपी कांग्रेसमा प्रवेश गरेका छन् ।
गिरीको नाम दार्चुलाबाट प्रतिनिधिसभाको लागि सिफारिस भएको थियो । तर, उद्योग वाणिज्यमन्त्री दिलेन्द्र बडुले टिकट पाएपछि उनले पार्टी छोडेका हुन् ।
गिरी १० वर्ष दार्चुला कांग्रेसको सचिव रहेका थिए । उनि पटक पटक कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत निर्वाचित भएका थिए ।




प्रतिक्रिया