झापामा ओलीसँग भिड्न २६ जना चुनावी मैदानमा

झापामा ओलीसँग भिड्न २६ जना चुनावी मैदानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि २७ जनाले मनोनयन दर्ता गराएका छन् ।

ओलीको निर्वाचन क्षेत्रमा उनीसहित २७ जनाले उम्मेदवारी दिएपछि उनका प्रतिस्पर्धी २६ जना पुगेका छन् । त्यसमा पनि १४ जना स्वतन्त्र उम्मेदवारहरू छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराइएको थियो । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका पाँच निर्वाचन क्षेत्रका लागि १०१ जनाले प्रतिनिधिसभातर्फ र १०६ जनाले प्रदेशसभातर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराउनेमध्ये सबैभन्दा धेरै झापा– ५ मा नै रहेका छन् । त्यसमा पनि स्वान्त्र उम्मेदवारको सङ्ख्या धेरै रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । नेपालका अनुसार यो क्षेत्रमा १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रमुख दलले प्रतिनिधिसभा सदस्य पदका लागि झापा– ५ मा महिलालाई उम्मेदवार नबनाए पनि अन्य साना दलका चार जना महिलालाई उम्मेदवार बनाउँदै मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि नौ महिलासहित स्वातन्त्र ३३ गरी झापामा १०१ जनाको उम्मेदवारी रहेको छ ।

जसमा झापा क्षेत्र नं १ मा तीन महिलासहित १६ जना, २ मा एक महिलासहित २० जना, ३ मा १८ जना, ४ मा एक महिलासहित २० र ५ मा ४ महिलासहित २७ जनाको उम्मेदवारी रहेको छ ।