काठमाण्डु – नेपाली कांग्रेसले संघीय निर्वाचन अन्तर्गत सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासित गरेको छ ।
बुधबार नेपाली कांग्रेसले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत बागी उम्मेदवारी दिनेहरूलाई ५ वर्षका लागि पार्टीबाट निष्कासित गरेको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेको बताए ।
गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार गठबन्धनका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी आज दिउँसो १ बजेसम्म फिर्ता गर्न निर्देशन दिएका थिए ।





प्रतिक्रिया