भीम रावलको पत्रकार सम्मेलन दिउँसो १ बजे

भीम रावलको पत्रकार सम्मेलन दिउँसो १ बजे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन्।

मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएको र आफ्नो पछिल्लो राजनीतिक यात्राका बारेमा उठेका जिज्ञासा सम्बोधन गर्न रावलले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

उनी अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेदवार सिफारिस भएका थिए । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको नाम हटाएर सिफारिस नै नभएका व्यक्तिलाई टिकट दिएपछि रावल नेतृत्वप्रति असन्तुष्ट छन् ।

उनले आफूले टिकट नपाए पार्टी नछाड्ने बताउँदै आएका छन्। टिकट नपाएपछि घनश्याम भुसालले भने पार्टी छाडेर स्वतन्त्रबाट उम्मेदवारी दिइसकेका छन् ।