काठमाण्डु – एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा ११ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई र सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका खेल प्रसाद बुढाक्षेत्रीसहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् । यता जनता समाजवादी पार्टीले चन्द्र मादेनलाई उम्मेदवार बनाएको छ ।
यसैगरी राप्रपाले रामबहादुर कार्की, लोसपाले चैतन्य प्रकाश केदेम, मंगोल नेशनल अर्गनाइजेशनले विक्रम लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले होम प्रसाद तुम्बाहाङ्फे, राष्ट्रिय जनमुक्ति पार्टीले इन्द्र कुमार लिम्बु उम्मेदवार हुँदा स्वतन्त्रबाट सञ्जु कुमार पालुंवा र हरि प्रसाद बराल उम्मेदवार रहेका छन् ।
एमाले एक्लै चुनावी मैदानमा हुँदा माओवादीलाई कांग्रेस, एकीकृत समाजवादीसहितका दलहरुको समर्थन रहेको छ ।यस्तो अवस्थामा ताप्लेजुङमा एमालेका भट्टराई र गठबन्धनका साझा उम्मेदवार बुडाक्षेत्रीबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।




प्रतिक्रिया