काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले एमालेभित्रै रहेर संघर्ष गर्ने बताएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि बिहीबार पत्रकार सम्मेलन गरेर नेता रावलले पार्टीभित्रै बसेर नेतृत्वविरुद्ध संघर्ष गर्ने बताएका हुन् ।
उनले टिकट खोसिएकोप्रति आक्रोश पोख्दै सूर्य चिह्न पाउने सबैलाई जिताउन भन्न नसक्ने बताएका छन् । एमालेले जनता समाजवादी पार्टी (जसपा) चुनावी तालमेल गर्ने सहमति गरेकोप्रति नेता रावल असन्तुष्ट छन् ।
उनले प्रश्न गर्दै भने, ‘तपाई (ओली) र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने जसपासँग चुनावी साँठगाँठ गर्न मिल्छ । त्यो पार्टी सिद्धान्त विपरीत भएन ?’
हेर्नुहोस् पूर्णपाठ:




प्रतिक्रिया