बाँके – आसन्न निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका बाँके क्षेत्र नं २ का उम्मेदवारहरू आफ्नो पक्षमा माहोल बनाउन रणनीति बुन्दैछन् । कोही घरदैलोमा निस्केका छन् त कोही प्रभावशाली व्यक्तिहरूलाई आफ्नो अजेण्डामा समाहित गर्न प्रयासरत छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका जसपाका उम्मेदवार मोहम्मद इश्तियाक राई भने अहिले अन्य राजनीतिक दलका नेता–कार्यकर्तालाई आफ्नो दलमै भित्र्याउन व्यस्त छन् । उनले दिनहुँजसो नेपालगन्ज र डुडुवाका परिचित अनि प्रभावशाली अनुहारलाई पार्टी प्रवेश गराउने क्रमलाई निरन्तरता दिएका छन्।
आजैमात्र बाँके क्षेत्र नं २ का करिब ५० जना व्यक्तिलाई जसपाका उम्मेदवार राईले आफ्नो पार्टीमा भित्र्याएका छन् । रेशम परियार र देवेन्द्र कुमार शर्माको नेतृत्वमा दुई समूहलाई आज राईले जसपा प्रवेश गराएका हुन्। मन्त्री राई लगायत जसपाका स्थानीय नेताहरूले उनीहरूलाई फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए।




प्रतिक्रिया