विजय गच्छदारसहित ९ जनाको उम्मेदवारी खारेजकाे माग गर्दै सर्वोच्चमा रिट

विजय गच्छदारसहित ९ जनाको उम्मेदवारी खारेजकाे माग गर्दै सर्वोच्चमा रिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता अनिल आचार्यले सुनसरी ३ का नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार, मनाङका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ, तनहुँ क्षेत्र नं १ का स्वतन्त्र गोविन्दराज जोशी र रौतहट क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहको उम्मेदवारी खारेज गर्न माग गर्दै अधिवक्ता अनिल आचार्य लगायतले रिट दायर गरेका हुन्।

त्यस्तै चितवन क्षेत्र नं २ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे, सिरहा क्षेत्र नं १ की स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक क्षेत्र नं १ (क) का एमाले उम्मेदवार डिबी तामाङ भन्ने युद्धविक्रम तामाङ, महोत्तरी १ का एमाले उम्मेदवार लक्ष्मी महतो र झापा ५ (ख) का माओवादी उम्मेदवार गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी पनि खारेज गर्न माग गरिएको छ ।

कांग्रेसले उम्मेदवार बनाएका गच्छदार विशेष अदालतमा भ्रष्टचार मुद्दा खेपिरहेका छन् । टेकबहादुर गुरुङविरुद्ध पनि मुद्दा चलिरहेको छ । यस्तै कांग्रेसकै पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पनि भ्रष्टचारमा दोषि ठहर भएका व्यक्ति हुन्।

एमालेले उम्मेदवार बनाएका सिन्धुपाल्चोकका डिबी तामाङ ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सुचीमा रहेको रिटमा उल्लेख छ।