प्रधानमन्त्री देउवाले हटाए जसपाका चार मन्त्री

प्रधानमन्त्री देउवाले हटाए जसपाका चार मन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरुलाई हटाएका छन् । गठबन्धनबाट बाहिरिएर पनि सरकार नछाडेपछि देउवाले बिहीबार जसपाका चारजना मन्त्रीहरुलाई हटाएका हुन् ।

जसपाका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएर उनीहरुको मन्त्रायको जिम्मेवारी पनि आफैंले राखेका छन् । यस्तै, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (काेइराला)को पदावधी सकिएकाले उक्त मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सुम्पिएका छन् ।