प्रतिनिधिसभातर्फ माओवादीका ३८ उम्मेदवार, कतिले गर्लान संसदको यात्रा ?

प्रतिनिधिसभातर्फ माओवादीका ३८ उम्मेदवार, कतिले गर्लान संसदको यात्रा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले मंसिस ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३८ जनालाई चुनावी मैदानमा उतारेको छ ।

माओवादी केन्दको प्रदेश १ अन्तर्गत ताप्लेजुङमा खेलप्रसाद बुडाक्षेत्री उम्मेदवार बनेका छन् । यस्तै, झापा २ मा हरिकुमार राणामगर, भोजपुर १ मा सुदन किराँती, मोरङ ४ मा अमनलाल मोदी, मोरङ ५ मा शिवकुमार मण्डल, सुनसरी १ मा मुकसामहाङ्ग सुब्बा र खोटाङ १ मा रामकुमार राई उम्मेदवार बनेका छन् ।

मधेश प्रदेशको धनुषा–२ मा मातृका यादव, महोत्तरी १ मा गिरीराजमणि पोखरेल, सर्लाही २ मा महिन्द्रराय यादव, सर्लाही ३ मा नरेन्द्र साह कलवार, रौतहट ३ मा रविन्द्र पटेल र बारा २ मा शीवचन्द्र प्रसाद कुशवाहालाई माओवादीले उम्मेदवार बनाएको छ ।

बागमती प्रदेशको दोलखा १ बाट गंगा कार्की, नुवाकोट १ बाट हितबहादुर तामाङ, काठमाण्डु १० बाट अन्जना विसंखे, काठमाण्डु २ बाट ओनसरी घर्ति, काठमाण्डु ३ बाट बद्रीप्रसाद बजगाईं, काठमाण्डु ७ बाट हिसिला यमी, काठमाण्डु ९ बाट कल्पना धमला उम्मेदवार बनेका छन्।

यस्तै, भक्तपुर १ मा सुनिल गोठे, ललितपुर ३ बाट पम्फा भुषाल, काभ्रे १ मा सूर्यमान तामाङ (दोङ), सिन्धुपाल्चोक १ बाट माधव सापकोटा, चितवन ३ बाट भोजराज अधिकारीको उम्मेदवारी परेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गोरखा २ बाट चुनाव लड्दैछन् । यता महासचिव देव गुरुङको लमजुङ १ बाट उम्मेदवारी परेको छ ।

यस्तै, लुम्बिनी प्रदेशको कपिलवस्तु १ मा चक्रपाणि खनाल, रुकुम पूर्व १ मा पूर्णबहादुर घर्ती आयाम, दाङ २ मा रेखा शर्मा र रोल्पाबाट वर्षमान पुन मैदानमा उत्रिदैछन् ।

कर्णाली प्रदेशमा जुम्ला १ बाट गोमा गौतम कुँवर, कालीकोट १ बाट महेन्द्रबहादुर शाही, हुम्ला १ बाट छिरिङ लामा, जाजरकोट १ बाट शक्तिबहादुर बस्नेत भिड्दैछन्।

रुकुम पश्चिममा जनार्दन शर्मा, कैलाली ३ मा कृष्णकुमार चौधरी र कञ्चनपुर १ मा विना मगर चुनावी प्रतिस्पर्धामा छन् ।