काठमाण्डु- नेकपा एमाले, डडेल्धुराले नेपाली कांग्रेस बीपीसँग गरेको चुनावी तालमेल भंग भएको घोषणा गरेको छ ।
एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाएको थियो भने प्रदेशसभाको क र ख दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो ।
जसअनुसार एमालेले चक्र स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो । तर, आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस बीपीले प्रदेशसभा ख मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाएको छ ।
यो निणर्य कार्यान्वयन भए डडेल्धुराको प्रतिनिधिसभामा एमालेको उम्मेदवार कोही हुने छैनन् । प्रदेशसभामा भने क मा पठान सिंह बोहरा र ख मा गजेन्द्रबहादुर शाही उम्मेदवार छन् ।





प्रतिक्रिया