सातै प्रदेशमा संयुक्त भेला गर्ने सत्ता गठबन्धनको निर्णय

सातै प्रदेशमा संयुक्त भेला गर्ने सत्ता गठबन्धनको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ गठबन्धनले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । शनिबार बसेको सत्तारुढ गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको हो । जसअनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने छ । यस्तै ४ गते नै बुटवलमा, ५ गते विराटनगर र जनकपुरमा तथा ६ गते सुर्खेतमा हुने भेलाको नेपाली कांग्रेसले समन्वय गर्ने छ ।

६ गते धनगढीमा र ७ गते काठमाण्डुमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय गर्ने जिम्मेवारी भने नेकपा माओवादी केन्द्रले पाएको छ । यस्तै गठबन्धनको बैठकले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन मिलेर जाने भएको छ ।