रूपन्देहीबाट मतको भरी बाकससहित माओवादी केन्द्रको फौज फर्किन्छ: घनश्याम भुसाल

रूपन्देहीबाट मतको भरी बाकससहित माओवादी केन्द्रको फौज फर्किन्छ: घनश्याम भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले) त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र)को खुलेरै प्रशंसा गरेका छन् ।

शनिबार रूपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई माओवादी केन्द्रले सहयोग गरेकोप्रति खुसी भएको बताएका हुन् ।

उनले माओवादी केन्द्रको फौजले आफ्ना लागि खसेको मतले भरिएका बाकस लिएर रूपन्देहीबाट फर्किने दावी गरे ।  ‘अब नेकपा माओवादी केन्द्रको यो फौज यहाँबाट छुट्यो। अब यसले मंसिर ४ गते भरी भरी बाकस बोकेरमात्रै फर्किन्छ । त्यसपछि मात्रै यसले थकाइ मेट्छ। सारा नेकपा माओवादी केन्द्रको फौज अब जाग्यो भनेर कसम खाएर अगाडि बढ्न अनुरोध गर्छु।’, उनले भने ।

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनस्र्थापना गरेको उनको भनाई छ ।

एमालेले आफूलाई टिकट नदिएपछि भुसालले पार्टी त्याग गरेको छन् । उनले नेकपा एमाले छाडेलगत्तै रूपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 उनलाई सत्ता गठबन्धनले सहयोग गर्ने भएको छ । उनले पार्टी छाडेपछि भुसाललाई सहयोग गर्नेबारे प्रचण्डले गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग छलफल गरेका थिए । प्रचण्डकै पहलमा सत्ता गठबन्धनले भुसाललाई सहयोग गर्ने निर्णय गरेको थियो ।