काठमाण्डु – नेकपाएकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिटमाथि आजु सुनुवाई हुँदैछ ।
रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार गुरुङले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ । लागि शुक्रबार पेसी चढे पनि रिट निवेदकका तर्फबाट सुनुवाई स्थगित गराइएको थियो ।
सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका नेता गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर गुरुङले भने आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभई आफू सेयर सदस्य रहेको संस्था मात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
निर्वाचन निर्देशिकामा कालोसूचीमा परेको व्यक्ति उम्मेदवार बन्न नसक्ने कुरा उल्लेख छ । तर आफू कालोसूचीमा नपरेको र निर्देशिकासमेत ऐनसँग बाझिएको भन्दै गुरुङले आफ्नो उम्मेदवारी कायम रहनुपर्ने भन्दै रिट निवेदन दर्ता गराएका थिए ।




प्रतिक्रिया