चुनावी प्रचारमा व्यस्त विराजभक्त श्रेष्ठ, भन्छन्– प्रदेशको अनुभव केन्द्रमा सदुपयोग गर्छु

चुनावी प्रचारमा व्यस्त विराजभक्त श्रेष्ठ, भन्छन्– प्रदेशको अनुभव केन्द्रमा सदुपयोग गर्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वागमती प्रदेशका पूर्वसांसद विराजभक्त श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । उनले काठमाण्डु क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालिन विवेकशील साझा पार्टीबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका श्रेष्ठ यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फ चुनाव लड्दैछन् ।

स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टीबाट चुनावी प्रतिस्पर्धा गर्न लागेका श्रेष्ठले आफ्नो उम्मदेवारी भ्रष्टाचार विरुद्ध रहेको बताए । उनले भने, ‘हामी भ्रष्टाचारीका कुरा सुनेर ताली बजाउने मान्छे होइनौं । भ्रष्टाचार र भ्रष्टाचारीलाई चुनौती दिन पनि उम्मेदवारी दिएको हुँ ।’

त्यस्तै उनले समान सहभागितामुलक विकासबाट मात्रै देशले निकास पाउन सक्ने बताए । बागमती प्रदेशसभाको कार्यकाल सफल भएको दावी गर्दै पूर्वसांसद श्रेष्ठले आफुले निर्वाचन जिते बागमती प्रदेश सभामार्फत सिकेको संसदीय अभ्यास, अनुभव र ज्ञानलाई प्रतिनिधिसभामा सशक्त सदुपयोग गर्ने बताए ।

उनले भने, ‘प्रदेश सांसदका रूपमा युवा, महिला, बालबालिका, आदिवासी जनजाति, अल्पसंख्यकसँगै शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, सम्पदाको संरक्षण र दिगो विकासमा सक्रिय भूमिका खेल्दै बजेट, कानून तथा नीति निर्माणको कार्यमा शशक्त भूमिका खेल्न सफल भएको छु । अब संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा मार्फत पहिलेको अनुभवलाई सशक्त सदुपयोग गर्नेछु ।’

चुनाबी प्रचारको क्रममा घरदैलो कार्यक्रममा व्यस्त रहेका उनले आफु विशेष गरी क्षेत्र नम्बरं ८ का स्थानीय जनताको मर्का बुझ्नमा केन्द्रीत भएको बताए । उनले यसअघि काठमाण्डुमा भएको गुठी विधेयक विरुद्धको आन्दोलन, अकुपाई टुँडिखेल लगायतका आन्दोलनको नेतृत्व गरेका थिए । उनी युवा पुस्तामाझ निकै नै लोकप्रिय छन् ।