रामकुमारी झाँक्रीका बागीले उम्मेदवारी फिर्ता लिए

रामकुमारी झाँक्रीका बागीले उम्मेदवारी फिर्ता लिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार रामकुमारी झाक्रीविरुद्ध बागी उम्मेदवारी दिएका डा.दामोदर भुसालले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसका नेता भुसालले झाँक्रीलाई नै समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

आफूले कसैको समर्थन र विरोधमा उम्मेदवारी नदिएको, कांग्रेस भित्र लोकतन्त्रको लडाई लडेको तर जिल्लाभरका तमाम कार्यकर्ताको दबाव थेग्न नसकी उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् ।

उम्मेदवारी मनोनयन गर्दा उनको समर्थक बसेका रवीन्द्र घिमिरेले डाक्टर दामोदर भुसालको उम्मेदवारी फिर्तालाई सकारात्मक रुपमा लिन आग्रह गरे ।