ओलीप्रति प्रचण्डको कटाक्ष- गोरुगाडा प्रवृत्ति भएकाहरू अहिले पनि बदलिएका छैनन् 

ओलीप्रति प्रचण्डको कटाक्ष- गोरुगाडा प्रवृत्ति भएकाहरू अहिले पनि बदलिएका छैनन् 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै गोरुगाडा प्रवृत्तिका विरुद्ध लड्न हालको गठबन्धन बनेको बताएका छन् ।

मंगलबार ललितपुरमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी प्रशिक्षण कार्यक्रममा प्रचण्डले गोरुगाडा प्रवृत्ति भएकाहरू अझै पनि प्रतिगमनतर्फ अगाडि बढेको दावी गरेका हुन् ।  त्यसलाई परास्त गर्नु गठबन्धनको उदेश्य भएको उनले बताए ।  

१२ बुँदै सम्झौतामा कांग्रेसका तर्फबाट गिरिजाप्रसाद कोइराला, एमालेका तर्फबाट माधवकुमार नेपाल र माओवादीका तर्फबाट आफूले हस्ताक्षर गरेको स्मरण गर्दै अहिले १२ बुँदे पक्षधर एकै ठाउँमा उभिएको प्रचण्डको भनाई छ ।

‘गोरुगाडा प्रवृत्तिविरूद्ध लड्न अहिले १२ बुँदे पक्षधर एकै ठाउँमा उभिएका हौँ । संविधान बनेपछि संविधानमा हस्ताक्षर गरेका गोरुगाडावाल सिद्धान्त भएका नेता अब प्रतिगमन र अराजकतातर्फ जाँदैनन् होला भन्ठानेको त त्यो सबै धोका र बेइमानी रहेछ ,’ उनले भने ।

प्रचण्डले गोरुगाडावाला नेताहरू अहिले पनि नबदलिएको प्रचण्डले बताए ।  ‘गणतन्त्र ल्याउनु र गोरुगाडा चढेर अमेरिका जानु एउटै हो भन्ने नेताहरू पनि थिए, हामीले बिर्सन हुँदैन । समावेशी र समानुपातिक सिद्धान्तमा गइसकेपछि हिजो गोरुगाडा वाला नेताहरू त बदलिए भन्ने लागेको थियो । तर, होइन रहेछ।’, उनले भने ।  प्रचण्डले अबको सरकार पनि हालको गठबन्धनको नेतृत्वमा बन्ने दावी गरे ।