प्रतिगमनलाई रोक्न गठबन्धन : मन्त्री पौडेल

प्रतिगमनलाई रोक्न गठबन्धन : मन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनलाई रोक्न ५ दलीय गठबन्धन भएको बताएका छन् । निसीखोला गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले ५ दलीय गठबन्धन संविधान सिध्याउनेका विरुद्ध भएको बताएका हुन् ।

देशलाई अघि बढाउने संस्कृतिको विकाश भएको बताउँदै यो गठबन्धनबाटै सरकार बन्ने उद्घोष गरे । “पाँचदलीय गठबन्धन टुट्याउन विदेशीहरुले चलखेल गरे,” उनले भने, “उच्च स्तरीय नेतृत्वले विदेशी चलखेललाई चिरेर अघि बढ्नुभयो ।”

बागलुङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका पौडेलले मध्य पहाडी लोकमार्ग निर्माण गर्दा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारका रुपमा काम गरेको स्मरण गराउँदै उनले ढोरपाटन साल्झण्डीको सडक कालोपत्रेको काम चलिरहेको उल्लेख गरे । रंगेली, हरिचौर, रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसीहुँदै प्युठान जोड्ने सडकको कामभइरहेको बताउँदै मध्यपहाडी लोकमार्गको विकल्पको रुपमा भएको बताए ।

बागलुङका दुरदराजका जनताको पीर मर्का बुझेको बताउँदै छुट्टै खालको प्रशासनिक कार्यालय बुर्तिबाङमा ल्याउने आश्वासन दिए । मध्यपहाडी लोकमार्ग हुँदै काठेखोला नरेठाँटी सुरुङमार्गको काम अघि बढेको बताउँदै उत्तरगंगा जलाशयुक्त परियोजनाको कामपनि अघि बढ्नेविश्वास व्यक्त गरे ।

प्रदेश सभा सदस्यकाउम्मेदवार दोर्णकुमार कुँवरले प्रतिगमनकाविरुद्ध ५ दलीय गठबन्धन भएको बताए । आन्दोलनबाटप्राप्त गरेकाअधिकारलाई संरक्षण गरी संविधानको रक्षाकानिम्ति मुद्दा र विचार मिल्नेहरुबीच गठबन्धन भएको बताएका हुन् ।

संघीयता, गणतन्त्र, लोकतन्त्रलाई रक्षा गरी जनताकाआधाभूतविकासलाई पूरा गर्न जनतामाझगठबन्धनका उम्मेदवार आएको बताए । बागलुङ, गुल्मी, रोल्पा र रुकुमकाजनतालाई सहजकानिम्तिअर्नाकोट एयरपोर्टको परिकल्पनागरिएको सुनाउनुभयो ।