सेनामा तक्मा सिफारीस : आफन्त र मालदार अड्डामा हुनेलाई प्राथमिकता

सेनामा तक्मा सिफारीस : आफन्त र मालदार अड्डामा हुनेलाई प्राथमिकता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनामा तक्मा सिफारीसमा मनपरी गरिएको पाईएको छ । गणतन्त्र दिवसका दिन पाउने विभुषणको लागी प्रधानसेनापतिले सिफारीस गरेको नामावलीमा मनपरि गरिएको देखिएको पाइएको हो । संगठन र देशका लागी योगदान पुर्याउने अधिकृतलाई विभूषित गरिनुपर्नेमा आफु निकट र आर्थीक लाभ दिनेलाई मात्र पदकका लागी सिफारीस गरिएको सेनाका अधिकारीहरुले गुनासो गरेका छन् ।

गत साउन २४ बाट विदामा बसेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफुसहित आफ्नो कोटरीमा रहेकालाई मात्र विभूषणका लागी सिफारीस गरेका हुन् । क्षत्रीले आफ्ना दाई रमिन्द्र क्षत्री, नातेदार कृष्ण सापकोटा,लेखाका प्रमुख समेत रहेका उपरथी भुवन बहादुर अधिकारीलगायतलाई विभूषणका लागी सिफारीस गरेका हुन् । क्षत्रीले सेना प्रमुख हुंदा आफु निकटकालाई मात्र अवसर दिएको र सेनालाई व्यापार व्यवसायमा लगाएको भन्दै आलोचित हुने गरेका छन् ।

युद्धमा लड्ने, विदेशमा गएर देशको नाम राख्ने,फिल्डमा गएर संगठन र देशको पक्षमा अहोरात्र खट्ने काममा संलग्नलाई विभूषीत गर्नुपर्नेमा आफु निकटका कोटरीलाई मात्र तक्माको लागी सिफारीस गरेको सेनाभित्र गुनासो छ ।

हालका सेनापति पुर्णचन्द्र थापालाई उनले सुर्कीर्तिमय राष्ट्रदिपका लागी सिफारीस गरेका छन् । उनि यसअघि नेपाली सेनाको प्रतिनिधीत्व गर्दै इजरायल र सिरीया हेर्ने मिसनको फोर्स कमाण्डरका रुपमा काम गरेका थिए । थापालाई तक्मा सिफारीस गरेकोमा भने कुनै विवाद छैन् ।

तर, लेखा,स्टाफ अधिकृत र सैनिक मुख्यालयमा बसेर काम गर्नेलाई मात्र तक्मा सिफारीस गरिएकोमा भने सेनाभित्र असन्तुष्टि छ । क्षत्रीले आफ्ना पुर्व सैनिक सहायक उपरथी ईश्वर हमाल,नितीमा कार्यरत उपरथी शिवराम खरेल,सैनिक सचिव रहेका काजिबहादुर खत्री,भर्ना छनौटमा रहेका अजित थापा,आपुर्ती तथा परिवहन निर्देशनालयमा रहेका सहायकरथी योगराज शर्मा,आपुर्तीमै रहेका यामप्रसाद ढकाल,पांचखाललगायत सेनाभित्र सधैं आकर्षक ठांउमा बस्ने सहायकरथी प्रयोग राणालाई विभूषणका लागी सिफारीस गरेका हुन् ।

यी हुन् विभूषणका लागी सिफारीस भएका सैनिक अधिकृतहरु –