माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्वाचन आयोगको निर्देशन

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्वाचन आयोगको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

आयोगले निर्वाचन प्रभाव पार्ने कसुर गरेको भन्दै निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन रौतहट प्रहरीलाई निर्देशन दिएको हो । नेता नेपाल रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार हुन् ।

ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ । तर नेता नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।

हेर्नुहोस् पत्र :