सत्तारुढ दलका शिर्ष नेताहरुको पोखरामा जमघट,चुनाव केन्द्रीत भेला सुरु

सत्तारुढ दलका शिर्ष नेताहरुको पोखरामा जमघट,चुनाव केन्द्रीत भेला सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ गठबन्धनले आजबाट चुनाव केन्द्रीत भेला सुरु गर्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले आज गण्डकी प्रदेशको पोखरामा संयुक्त भेला गर्दैछ ।

भेलालाई प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दैछन् । भेलाको समन्वय भने एकीकृत समाजवादीले गर्दैछ ।

भेलामा प्रदेशका केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी र जिल्ला सभापतिसहित ३ जनाको सहभागिता हुनेछ । भेलाका लागि प्रधानमन्त्री देउवा हिजै पोखरा पुगिसकेका छन् ।

शिर्ष नेताहरु आफ्ना पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन देश दौडाहामा लागेका हुन्। आजै बुटवलमा लुम्बिनी प्रदेशको प्रशिक्षणको आयोजना गरिएको छ । पोखराबाट शिर्ष नेताहरु सिधै बुटवल जाने कार्यक्रम छ ।

सत्तारुढ दलको असोज २७ मा बसेको बैठकले सात वटै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो । गठबन्धनले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालनका लागि समन्वय समिति समेत बनाएको छ ।