आज सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दै एमाले अध्यक्ष ओली

आज सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दै एमाले अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।

अध्यक्ष ओलीले मंसिर ४ गते हुने निर्वाचनका सन्दर्भमा सर्वसाधारणसँग टेलिफोनमार्फत कुरा गरि सुझाव लिन लागेका हुन् । त्यसका लागि उनले मंगलबार फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गरेका थिए ।

सोही अनुरूपसाँझदेखि बिहीबार मध्यान्हसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको सचिवालयले जनाएको छ । ओलीले कुराकानी गर्न उत्साहपूर्ण सहभागिताका लागि आफू खुसी भएको बताएका छन् ।