मानुषीको प्रशंसा गर्दै प्रचण्डले भने- उहाँ जस्तो इनर्जेटिक मान्छे संसदमा चाहिन्छ

मानुषीको प्रशंसा गर्दै प्रचण्डले भने- उहाँ जस्तो इनर्जेटिक मान्छे संसदमा चाहिन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानुषी यमी भट्टराईमा बौद्धिक र डाइनामिक भएको बताएका छन् ।

काठमाण्डु–७ ले आयोजना गरेको शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा मानुषीको प्रशंसा गर्दै अध्यक्ष प्रचण्डले उनलाई बच्चा बेलादेखिनै चिनेको र उनीमा सानैदेखि समर्पित भएर मिहेनत गरेर लाग्ने गुण रहेको बताए ।

काठमाण्डु–७ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी मानुषीको तारिफ गर्दै उनले भने, ‘मानुषी बौद्धिक, इनर्जेटिक र डाइनामिक मान्छे हो । त्यसैले मानुषी जस्ता इनर्जेटिक नेता संसदमा चाहिन्छ । उहाँमा समर्पित भएर मिहिनेत गरेर लाग्ने गुण छ भन्ने मैले बच्चैदेखि थाहा पाएको हुँ । यस क्षेत्रको भावना र विकासको आकांक्षालाई सम्बोधन गर्न उनी सक्षम छिन् ।’

उनी सहितको टिमले काठमाण्डु ७ को विकासमा टेवा पुर्याउने दाबी प्रचण्डको थियो । प्रचण्डले गठबन्धन अहिलेको आवश्यक्ता भएको पनि बताए । उनले आगामी निर्वाचन सामान्य अवस्थाकाे निर्वाचन जस्तो नभएको बताए ।

‘अहिले मुलुकमा २ वटा गठबन्धन छन् । एउटा अग्रगमन र अर्को पश्चगमन । ४ गतेको निर्वाचन सामान्य अवस्थाको निर्वाचनजस्तो छैन् । लोकतन्त्र र देशले जित्ने हो कि होइन ? भन्ने जवाफ जनताले दिने बेला भएको छ ।’