प्रमुख निर्वाचन आयुक्त भन्छन्– कारबाही गरे भूकम्प पो आउने हो कि ?

प्रमुख निर्वाचन आयुक्त भन्छन्– कारबाही गरे भूकम्प पो आउने हो कि ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाउन थालिएको बताएका छन् ।

प्रदेशस्तरीय मिडिया अभिमुखीकरणको विराटनगरमा उद्घाटन गर्दै उनले स्पष्टीकरण सोध्नु भनेको कारबाही नभई यसको प्रारम्भ भएको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा अनुभूत गरेका समस्या नदोहोरिने गरी आयोगले आसन्न निर्वाचनको तयारी गरिएको बताए ।

‘स्पष्टीकरणले तरङ्ग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि ?,’ उनले भने, ‘निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको छ, जुन राजनीतिक दलहरूकै अनुरोधमा तयार गरिएको हो ।’

व्यवस्थित, मर्यादित र विश्वसनीय निर्वाचनका लागि आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी दुुईवटा नारा अगाडि सारेको उनले जनाए । पहिलो– निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुनु हुँदैन, निष्ठा विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ र दोस्रो– निर्वाचनको स्वच्छताको लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग गरौँ भन्ने रहेको उनले स्पष्ट पारे ।

नेपालको सन्दर्भमा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीतिगत व्यवस्था गर्ने आयोग नै पहिलो सार्वजनिक निकाय हो भन्न पाउँदा गर्वको अनुुभूति भएको उनले बताए ।