जरिवाना नबुझाउने उम्मेदवारको नाम समानुपातिकको बन्दसूचीबाट हटाइने

जरिवाना नबुझाउने उम्मेदवारको नाम समानुपातिकको बन्दसूचीबाट हटाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा परेका व्यक्तिले तोकिएको जरिवाना बुझाउने समय सीमा सकिँदैछ ।

गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी भएर निर्वाचन खर्च नबुझाएका तर, आगामी निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा परेका ४०८ जनाले जरिवाना बुझाउने समय सकिन लागेको हो ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारले शनिबार (आज) बिदाको दिन पनि बुझाउन सक्ने भएका छन् ।

आयोगको असोज ३१ को निर्णयअनुसार उक्त व्यवस्था गरिएको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवारहरू आफूलाई तोकिएको जरिवाना बापतको रकम कात्तिक ५ गते आज कार्यालय समयभित्र बुझाउन भनेको छ ।

समयमा बुझाएमा जरिवाना असुल उपर भएको कायम गरी उम्मेदवारी दर्ता गर्न आयोगले समानुपातिक प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।कात्तिक ५ गते शनिबार बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगबाट भएको समेत जनाएको छ ।