गणतन्त्र र संघीयता धरापमा पर्ने भएपछि सत्ता गठबन्धन बनेको हो : माधव नेपाल

गणतन्त्र र संघीयता धरापमा पर्ने भएपछि सत्ता गठबन्धन बनेको हो : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीयता र गणतन्त्रनै धरापमा पर्ने भएपछि सत्ता गठबन्धन बनेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले संघीयता र गणतन्त्रनै धरापमा पर्ने भएपछि सत्ता गठबन्धन बनेको बताएका हुन् ।

अप्राकृतिक गठबन्धनमार्फत अधिनायकवाद ल्याउने प्रयत्नलाई गठबन्धनले पररास्त गर्ने उनको भनाई छ। ‘ठूलो बलिदानले ल्याएको गणतन्त्र र संघीयता धरापमा पर्ने भएपछि हामी सहकार्यमा आएका हौँ,’ नेपालले भने, ‘फेरि अप्राकृति गठबन्धन बनाएर अधिनायवादको टाउँको उठाउन खोजिँदैछ। हामी सजग हुनुपर्छ।’

वर्तमान गठबन्धन स्वभाविक रहेको भन्दै यसबारे विपक्षीले फैलाएको भ्रम चिर्न नेता नेपालले कार्यकर्तालाई निर्देशन एका छन्।‘पञ्चायत ढाल्ने, राजतन्त्र फाल्ने काम कम्युनिष्ट र कांग्रेस मिलेर गरेको हो। मनमुटाव विर्सिएर विपक्षीले फैलाएको भ्रम चिर्न लाग्नुस्,’ उनले भने।

माओवादी र आफूले विद्रोह नगरेको भए केपी ओलीलाई पछार्न कसैले नसक्ने दाबी उनले गरे। उनले भने, ‘गलत मान्छेको हातमा नेतृत्व गएकाले यसबाट देशलाई जोगाउन नयाँ गठबन्धन भएको हो।’ उनले आफूहरूले गरेको कामको गुन सम्झनुपर्ने बताए।