डडेल्धुरा – डडेल्धुरामा नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराकाे भागेश्वर गाउँपालिका वडा ५ कमिटीले वडाको विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।
वडा सभापति जंगबहादुर थापामगरले विज्ञप्ति जारी गर्दै आफ्ना मागहरु पुरा नभए कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको जानकारी दिएका छन् ।
वडा कमिटीले ती माग सम्बोधनका विषयमा जिल्लास्तरका नेतासँग नभएर सोझै पार्टी सभापति शेरबहादुर देउवासँग मात्र कुरा गर्ने बताएको छ ।





प्रतिक्रिया