कांग्रेसका २६६ नेता चुनावी मैदानमा, दलितले पाएनन् मौका (सूचीसहित)

कांग्रेसका २६६ नेता चुनावी मैदानमा, दलितले पाएनन् मौका (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले कुल २६६ जना उम्मेदवार चुनावी मैदानमा उतारेको छ ।

कांग्रेसले प्रतिनिधिसभाका १६५ सिट मध्ये ९१ र प्रदेशसभाका ३३० मध्ये १७५ सिटमा नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न आफ्ना उम्मेदवार चुनावी मैदानमा उतारेको हो ।

कांग्रेसले प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक जनता पार्टी र राष्ट्रिय जनमोर्चालाई ४४ प्रतिशत सिटमा समर्थन गरेको छ ।

कांग्रेसले प्रदेश १ को प्रदेशसभामा २६, मधेस प्रदेशसभामा २५ बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशसभा सदस्यमा ३१, कर्णाली प्रदेशसभा सदस्यमा १२ र सुदूरपश्चिम प्रदेशसभा सदस्यमा १८ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।

प्रतिनिधिसभाका ९१ मध्ये ५ सिटमा मात्र महिलालाई प्रत्यक्ष चुनाव लड्ने मौका दिएको कांग्रेसले दलित समुदायलाई बहिस्करण गरेको छ ।

कांग्रेसले सातवटा प्रदेशमध्ये ६ प्रदेशमा महिलालाई प्रत्यक्षतर्फ टिकट नै दिएको छैन । यता बागमती प्रदेशमा भने ४१ उम्मेदवार उठाउँदा ३ जना महिलाले अवसर पाएका छन् ।

कहाँबाट को उम्मेदवार ?