बैंकर अनिल शाहले पाए फेरी नबिल बैंककै जिम्मेवारी


काठमाडौं– बैंकर अनिल शाह १० बर्षपछि फेरी नबिल बैंकमा फर्कने भएका छन् । सेन्चुरी बैंकमा जनवरी १ बाट सिइओ बन्ने समाचार प्रकाशित भइरहेको बेला शाह फेरी नबिल बैंक फर्कने भएका हुन् । उनलाई नबिल बैंकको संचालक समितिको बिहीबारको बैठकले सिइओमा नियुक्त गर्ने निर्णय गरेको छ ।

 

शाहले पनि सामाजिक संजाल फेसबुकमा आफु नविलको सिइओमा नियुक्त भएको स्टाटस पोष्ट गरेका छन् । मेगा बैंकको स्थापनाकालदेखि नै सिइओ रहेका शाहले करिव ८ वर्ष मेगामा काम गरेका थिए । मेगा बैंक बार्षिक करोडभन्दा बढी नाफा कमाउने बैंकका रुपमा चिनिन्छ । त्यसअघि शाह नबिल बैंकको प्रमुख थिए ।

 

 

शाहको सेन्चुरी बैंकमा जाने चर्चा चलेपनि राष्ट्रबैंकले उनको तलब भत्तामा असहमती जनाएपछि उनि फेरी नबिल बैंक फर्केका हुन ।  बैंकर शाहले नबिल बैंकमा १० वर्ष सिइओका रुपमा काम गरेका थिए ।

 

नबिल बैंक १ नम्बर हुनुमा बैंकर शाहकै योगदान मानिन्छ । उनि सेलिब्रेटी बैंकरका रुपमा समेत चिनिन्छन् । २० वर्ष पहिले ग्रिनलेज बैंकबाट शाहले आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । हाल शाह नेपाल बैंकर्स एशोशियसनका अध्यक्ष समेत छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement