कांग्रेसको ५० सदस्यीय प्रचारप्रसार उपसमिति गठन

कांग्रेसको ५० सदस्यीय प्रचारप्रसार उपसमिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन लक्षित जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ५० जना सदस्यहरु उक्त समितिमा मनोनीत गरेकोे हो ।

पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतको संयोजकत्वमा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमितिमा ५० सदस्यहरु मनोनयन गरिएको जानकारी दिएका हुन् ।