रुपन्देही-२ मा सत्ता गठबन्धनको समर्थन जनमुक्तिका केशव थापालाई

रुपन्देही-२ मा सत्ता गठबन्धनको समर्थन जनमुक्तिका केशव थापालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुपन्देही–२ मा प्रतिनिधिसभाका उम्मेदवार  केशव थापालाई पाँचदलीय गठबन्धनले समर्थन गरेको छ।

चेक बाउन्ससम्बन्धी मुद्दाका कारण गठबन्धनका उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्ति पार्टीका थापालाई साझा उम्मेदवारका रूपमा समर्थन गरेकाे जनाएकाे हाे ।

बुधबार गठबन्धन दलका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति प्रकाशित गरी गठबन्धनको तर्फबाट थापालाई समर्थन गर्ने निर्णय गरिएको स्पष्ट पारेका हुन् ।

रुपन्देही २ मा उम्मेदवारी दिएका जनमुक्तिका थापा सो पार्टीको केन्द्रीय कार्यकारी उपाध्यक्ष हुन् ।  यो क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् । लगातार तीन पटक फराकिलो मतान्तरले चुनाव जितेका पौडेलको अब प्रमुख प्रतिस्पर्धी थापा हुनेछन् ।