चितवन माओवादीमा पहिरो : जिल्ला इन्चार्जपछि सहइन्चार्ज पनि एमालेमा प्रवेश गरे

चितवन माओवादीमा पहिरो : जिल्ला इन्चार्जपछि सहइन्चार्ज पनि एमालेमा प्रवेश गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला चितवनका नेताहरु धमाधम एमाले प्रवेश गरिरहेका छन् । नेकपा माओवादी केन्द्रभित्र परिवारवाद हावि भएको भन्दै नेताहरु धमाधम एमाले प्रवेश गरिरहेका हुन् ।

चितवनमा आफुपछि अध्यक्ष दाहालले छोरी रेणु दाहाललाई अघि बढाएपछि माओवादी भित्र असन्तुष्टि छाएको छ । माओवादीका नेता कार्यकर्ताहरु पछिल्लो समय एमाले प्रवेश गर्ने क्रम जारी छ ।

माओवादीका चितवन जिल्ला सह–इन्चार्ज रमेश रेग्मी ’अमर’ बिहिवार एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा स्वागत गरे । रेग्मीसंगै माओवादीनिकट प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल पनि एमालेमा प्रवेश गरेका छन्।

रेग्मी यसअघि काठमाण्डु,ललितपुर र चितवनको जिल्ला सचिव थिए । माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य यमबहादुर परियार यसअघि एमालेमा प्रवेश गरेका थिए । चितवनमा माओवादी केन्द्र कमजोर बनेपछि अध्यक्ष दाहाल निर्वाचन लड्न गोरखा पुगेका छन् ।