प्रदेश २ सरकारले दिएकाे बिदा कार्यन्वयन नभएपछि मन्त्री यादव अाफैले लगाए बैंकमा ताला

प्रदेश २ सरकारले दिएकाे बिदा कार्यन्वयन नभएपछि मन्त्री यादव अाफैले लगाए बैंकमा ताला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले मुरली चोकस्थित राष्ट बैंकको क्षेत्रीय कार्यालयमा ताला लगाएका छन् । प्रदेश २ ले जनैपूर्णिमा तथा रक्षाबन्धनकाे उपलक्ष्यमा दिएकाे विदा सरकारी कार्यालयले कार्यन्वयन नगरेपछि मन्त्री यादव अाफै गएर ताला लगाएका हुन् । 

देवानी संहिताकाे दफा ५१ अनुसार प्रदेश सरकारले दिने बिदाकाे दिन सम्पूर्ण कार्यलय बन्द रहने उल्लेख छ । तर, सरकारी कार्यालयले प्रदेश सरकारले दिएकाे बिदा अवज्ञा गरेका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले भदौं ९ गते प्रदेश सरकारको राजपत्रमा एक सूचना प्रकाशित गर्दै रक्षाबन्धन तथा जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै प्रदेश भित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तीय संस्था, संस्थान र विद्यालयहरुमा सार्वजनिक विदा कार्यान्वयन गराउन निर्देशन दिएका थिए ।

यसअघि प्रदेश नम्बर २ सरकारले इस्लाम धर्मावलम्बीको पर्व इदको उपलक्ष्यमा सार्वजनिक बिदामा पनि सरकारी कार्यालयले बिदा कार्यान्वयन गरेका थिएनन् ।  सार्वजनिक बिदालाई सङ्घीय सरकार मातहतका रहेका जिल्ला प्रशासन कार्यालय, मालपोत, राष्ट्र बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नापी कार्यालयलगायतका सरकारी कार्यालयले पालना गरेनन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई अटेरी गरी खुल्ला राख्ने कार्यालयमा ताला लगाउन  निर्देशन दिएको बताइएको छ ।