आज कांग्रेसले घोषणापत्र सार्वजनिक गर्दै

आज कांग्रेसले घोषणापत्र सार्वजनिक गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

आज पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले ‘निरन्तरतामा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिए । घोषणा पत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारणले आज सार्वजनिक गर्न लागिएको हो ।