कांग्रेसले घोषणापत्र भोलि सार्वजनिक गर्ने

कांग्रेसले घोषणापत्र भोलि सार्वजनिक गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयार पारेको घोषणापत्र भोलि (शनिबार) सार्वजनिक गर्ने भएको छ ।प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सो घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् ।

नेता गेजा शर्मा वाग्लेले शनिबार बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । घोषणापत्रलाई अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको हो ।

कांग्रेसको घोषणापत्रका लागि वाग्ले, योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, युवा राजनीतिक विश्लेषक शंकर तिवारी, महामन्त्री गगन थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेललगायतले तयार गरेका छन् ।