देउवाको संसदमा प्रश्न : ‘दोषीलाई जोगाउन स्वयं राज्य लाग्दछ भने न्याय माग्न कहाँ जाने ?’

देउवाको संसदमा प्रश्न : ‘दोषीलाई जोगाउन स्वयं राज्य लाग्दछ भने न्याय माग्न कहाँ जाने ?’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा राज्यले नै दोषी जोगाउन निर्दोष नागरिकमाथि ज्यादती गरेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै देउवाले दोषी जोगाउन सरकार नै लागेपछि न्याय माग्न कहाँ जाने भनी प्रश्न गरे ।

‘कञ्चनपुर घटनाकमो अनुसन्धानमा भएको ढिलाइले हामी कस्तो राज्य गइरहेका छौं भन्ने प्रश्न उब्जिएको छ’ उनले भने ‘दोषीलाई जोगाउन स्वयंं राज्य लाग्दछ भने न्याय माग्न कहाँ जाने ?’

अपराधमा संलग्नलाई जोगाउन निर्दोषलाई दोषी किटान गरेर कारबाही गर्न गर्नु अपराधको पराकाष्टा नै हो भन्दै देउवाले राज्यले नै दोषी जोगाउन खोजेपछि न्यायका लागि सर्वसाधारण सडकमा उत्रिनु सामान्य भएको बताए ।

‘राज्यले नै दोषीलाई जोगाउन खोज्दा हजारौं नागरिक सडकमा ओर्लिनु स्वभाविक हो’ देउवाले भने ‘बालिकाका लागि न्याय माग्दा अर्को बालकले ज्यान गुमाउनुपरेको छ ।’