विशाल भारत छ तर थोरै भएपनि सीमाना सार्छ : ओली

विशाल भारत छ तर थोरै भएपनि सीमाना सार्छ : ओली

भारतले सीमामा गरेको अतिक्रमणलाई नेपालीले थिचोमिचोका रुपमा लिइरहेका छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सीमामा गरेको अतिक्रमणलाई नेपाली जनताले थिचोमिचोका रुपमा लिइरहेको बताएका छन् ।

शुक्रबार दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दैै उनले सीमाको विषयमा सानो चित्त नगर्न आग्रह गरे । आफूले भारतका शीर्ष नेताहरुलाई भनिरहेको समेत बताए ।

तिंकर भञ्याङको लागि भारतले हाम्रो भूभागबाट अनावश्यक ढंगले बाटो बनाएको छ । हामी आफैं बनाउने थियौँ । तर, भारतले आफूखुशी बनाएर बेकारको झमेला निकाल्यो’ उनले भने, ‘म भारतलाई अहिले पनि भन्न चाहन्छु । नदी वरतिर सर्‍यो भनेर सीमा सर्ने होइन । पहिले नदी भएको ठाउँमा भारतले बाँध लगाउने होइन । ठूलो भारतको सानो चित्त हुनु हुँदैन । खोलो उता सर्यो कि सीमाना सारिहाल्ने । विशाल भारत छ तर, थोरै भएपनि सीमाना सार्छ । यो सुहाउँदैन ।’