ओलीले अदातलको निर्णयलाई अपहेलना गरे : मन्त्री पौडेल

ओलीले अदातलको निर्णयलाई अपहेलना गरे : मन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ – शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदातलको निर्णयलाईअपहेलना गरेको आरोप लगाएका छन्।

मंगलबार ताराखोला गाउँपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीले अदातलको निर्णयलाई परमादेशको सरकार भनेर अदालतको अपहेलना गरेको आरोप लगाएका हुन् ।

“जनप्रतिनिधिको सर्वोच्चथलोलाईहोच्चाउने र अपमानगर्ने कामकेपीओलीले गर्नुभएको छ ।,” उनले भने, “ यो सरकार परमादेशबाट जन्मिएको हो भनेर अदालतको निर्णयलाई अपहेलना गरे ।

संविधानमा कार्यपालिका,व्यवस्थापिक र न्यायपालिकालाई छुट्टैप्रकारको अधिकार दिएको बताएका छन् । “व्यवस्थापिकाले कानुननिर्माण गर्छ, कार्यापालिकाले कार्यान्व्यन गर्छ र कहिकतै संविधान र कानुनमा अवरोध भयो भने त्यसको व्याख्या र रक्षा गर्ने काम न्यायपालिकाको हो ।”,उनले भने, “न्यापालिकाकोले गरेको निर्णयको ओलीले अपहेलना गरे ।”

सोमबार बागलुङको बुर्तिबाङ चुनावी सभामा आएका ओलीले वर्तमान सरकार संविधानमै नभएको परमादेशबाट बनेको भन्दै टिप्पणी गरेका थिए ।