कांग्रेस सरकारविरुद्ध आक्रामक, यी हुन् ९ वटा माग

कांग्रेस सरकारविरुद्ध आक्रामक, यी हुन् ९ वटा माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ। सरकार गठनको ६ महिनाको अवसरमा पत्रकार सम्मेलन नै गरेर कमजोरी औंल्याएको कांग्रेसले सरकारसँग ९ बुँदे माग अघि सारेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको अघिल्लो सरकारले गरेको निर्णयहरु लागू गर्न उसले सरकारसँग माग गरेको छ ।

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुसँगको अन्तरसंवाद कार्यक्रममार्फत सो माग गरिएको हो ।

कार्यक्रमपछि पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा अघिल्लो सरकारले गरेका निर्णयहरु तत्काल लागू गर्ने मागसहित ९ बुँदे प्रस्ताव पारित गरेको जनाइएको छ ।

जसमा अघिल्लो सरकारले गरेका सामाजिक सुरक्षा भत्ता, ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई वृद्ध भत्ता, स्वास्थ्य सम्वन्धी सुविधा लगायत र भुकम्प पीडितहरुलाई दिने सुविधा वर्तमान सरकारले कटौती गरेको, संविधानले प्रत्याभूति गरेको नागरिक हक, प्रेस स्वतन्त्रता जस्ता विषयमा विभिन्न वहानामा निषेध गरिएको, कांग्रेस जितेको स्थानमा बजेट नदिने, थोरै दिने, किस्तावन्दीमा दिने वा सशर्तमा दिने जस्तो भेदभावपूर्ण बजेट विनियोजन कार्य गरिएको, नगरपालिकाहरुमा तत्काल कर्मचारी पठाउने र पठाउँदा आस्थाको आधारमा भेदभाव गरी पठाउने काम गरिएको अाराेप छ।

यसैगरी, बालिका  निर्मला पन्तमाथि भएको बलात्कार र हत्या जस्तो जघन्य अपराध भएको र बलात्कार, अपहरण र हत्याको घटना दिन दिनै बढेदै जाँदा पनि यसको नियन्त्रण र सजायको लागि सरकार असक्षम र अकर्मन्यता फसेको दाबी गर्दै यी सबै समस्याहरुको निराकरण गर्न माग गरिएको छ ।