दिगो विकास गर्ने जिम्मा गठबन्धनको काँधमा आएको छ : पुष्पा भुसाल

दिगो विकास गर्ने जिम्मा गठबन्धनको काँधमा आएको छ : पुष्पा भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची – पूर्वउपसभामुख तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको सही कार्यान्वयन गर्दै दिगो विकास गर्ने जिम्मा गठबन्धनको काँधमा आएको बताएकी छन् ।

पाँचदलीय गठबन्धन निर्वाचन प्रचारप्रसार समिति अर्घाखाँचीको आयोजनामा आज मालारानी गाउँपालिका–१ को मारङ, २ को अर्घातोष, ३ को खनदह, ४ को खनका विभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै लामो सङ्घर्षबाट बनेको संविधान र मुलुकका उपलब्धि खारेज गर्नेलाई जिताए देशले हार्ने उनले बताइन्।

यस्तै वामलोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेशसभा (क) का साझा उम्मेदवार सागर केसीले आफूहरुको जीत नै सिङ्गो अर्घाखाँचीको जीत हुने धारणा व्यक्त गरे। राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार केसीले दल, गुट, समूह र व्यक्तिगत स्वार्थमा राज्यको ढुकुटी सकिँदा जिल्ला पछाडि परेको आरोप लगाए ।