गठबन्धनलाई जिताउनुहोस् हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ : प्रचण्ड

गठबन्धनलाई जिताउनुहोस् हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताए पुनः मुख्यमन्त्री र मन्त्री पाउने बताएका छन् ।

हुम्लामा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका साझा उम्मेदवार छिरिङ्ग डम्डुल लामालाई मन्त्री बनाउने विश्वास दिलाए। प्रदेशसभा (२) का उम्मेदवार जीवनबहादुर शाही पनि कर्णाली प्रदेशको पुनः मुख्यमन्त्री बन्ने सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सातै प्रदेश र सङ्घमा गठबन्धनकै सरकार बन्ने बताए ।

यस्तै कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले हुम्लाको उत्तर पश्चिमसम्म सडक सञ्जालले जाड्ने बताए । गठबन्धन सरकारले हुम्लाको हिल्सालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उहनले विश्वास दिलाए । उनले भने, “कर्णालीको विकास र रोजगारी सिर्जना गर्नेका लागि निर्वाचन सङ्घीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार सञ्चालन हुनेछ ।”