एमाले बहुमतसहित सिंहदरबार छिर्छ : सुवासचन्द्र नेम्वाङ

एमाले बहुमतसहित सिंहदरबार छिर्छ : सुवासचन्द्र नेम्वाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम – नेकपा (एमाले)का उपाध्यक्ष तथा इलाम क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् ।

मङ्सिर ४ पछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने दाबी गर्दै नेम्वाङले जनतालाई मत दिन आग्रह गरे । इलाम नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा उनले देशव्यापीरूपमा आफ्ना एजेण्डासहित एमाले हाल जनताका घर–घरमा पुगेको जानकारी दिए।

विगत वर्षमा अन्य निर्वाचन क्षेत्रमा समेत सघाउन जाने नेता नेमवाङले यसपटक यहाँका जनतालाई बुझाउनसमेत बाहिर जान नभ्याउने बताए ।

निर्वाचनबाट जनताले काम गर्नसक्ने सरकार बनाउने उनको दाबी छ । नेता नेम्वाङले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदासमेत सरकार चुप लागेर बसेको आरोप लगाए । उनले आफ्नो पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको बताउँदै सोहीअनुसार अघि बढ्ने बताए ।