विराटनगर – नेपाली कांग्रेसले मोरङ-३ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘१’ मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ ।
यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई उम्मेदवार बनाएको हो ।
निर्वाचन आयोगका अनुसार आज उम्मेदवारको मनोनय दर्ता गराएका उम्मेदवारविरुद्ध दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन हुनेछ ।
क्षेत्र नम्बर ३ को प्रदेशसभा १ का उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो ।




प्रतिक्रिया