सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन देउवाको अपील

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन देउवाको अपील

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी गराउन पार्टीका नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

बिहीबार अपील जारी गर्दै देउवाले कांग्रेसका प्रत्येक सदस्यको जिम्मेवारी संघ र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारवारलाई जिताउनु भएको बताएका हुन् ।

‘अहिले कतिवटा सिट संख्यामा कांग्रेस आफैले प्रतिस्पर्धा गर्ने अवसर पायो वा पाएन भन्ने भन्दा पनि निर्वाचन लडेका सबै ठाउँमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले निर्वाचित गराउन समान सक्रियताका साथ क्रियाशील हुन म पार्टीका सबै तहका साथीहरूलाई हार्दिक अपील गर्दछु’, देउवाले भनेका छन् ।

साथै उनले सम्पूर्ण मतदाता पनि गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरेका छन् ।