काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संघीयता कार्यान्वयनपछि देशको ऋण बढेको बताएका छन् । शुक्रबार काठमाण्डुकाे वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संघीयता कार्यान्वयनपछि देशको ऋण बढेको र ऋणबाट जनप्रतिनिधि र कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था बनेको बताएका हुन् ।
उनले भने, ‘लाखौँ युवा विदेशी भूमिमा गएका छन्। राजाको पालमा रहेको राष्ट्रिय ऋण २९ थियो। त्यो घटेर पाँच वर्षअगाडि आइपुग्दा ८ अर्ब भएको थियो। जब संघीयता कार्यान्वयन भयो। अहिले २० खर्ब भएको छ। ऋण बढेको बढ्यै छ। देश र जनतालाई ऋण बोकाएको छ।’
भ्रष्टाचार संस्थागत रूपमा विकास भएको उनको बुझाइ छ। सानातिना भ्रष्टाचार गर्नेहरूलाई कारबाही भएपनि मन्त्री र सत्तामा बसेकाले खुलेआम गरिरहेका छन्।
राजनीतिक दलहरू मिलेर भाग लिएकै कारणले न्यायालय बिग्रिएको बताए। विदेशप्रति लम्पसार पर्ने सरकार बनाउनतिर लागेपछि वैदेशिक हस्तक्षेप बढेको समेत बताए।
त्यस्तै उनले बालेनले काठमाडौको संरचनामा डोजर चलाएजस्तै राप्रपाले पनि भ्रषटाचारीमाथि डोजर चलाउने इच्छा रहेको बताए । ‘अवसर पायो भने राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा छ’, लिङदेनले भने,।




प्रतिक्रिया