काठमाण्डु- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका छन् । अभिनेत्री मनिषा कोइरालाको अभिव्यक्ति प्रति लक्षित गर्दै भट्टराईले लोकतान्त्रिक गणतन्त्र नउल्टिने दावी गरेका हुन् ।
अभिनेत्री कोइरालाले शुक्रबार काठमाण्डुको बसन्तपुरमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभालाई सम्बोधन गर्दै बीपी र महेन्द्र एक अर्कामा सम्मान र आदर गर्ने गरेको प्रशंग निकाल्दै राप्रपा अध्यक्ष लिङदेनको नीति ठिक भएको दाबी गरेकी थिइन्।
‘बगेको खोलो फर्कँदैन, ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्ततः फेरि खुलेर अगाडि बढ्छ । प्रकृति र समाज विकासको शाश्वत नियम यही हो । अतःजतिसुकै ठूलो सेलिब्रिटीको मुखारबिन्दबाट निस्के पनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिदैन। यस्ता उडन्ते कुरालाई महत्व नदिऊँ। समय र शक्ति बर्बाद नगरौं।’, उनले शनिबार ट्विट गर्दै भनेका छन्




प्रतिक्रिया