काठमाण्डु- देशभर संघ र प्रदेशसभाको निर्वाचनको चहलपहल बढेको छ । मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत भोट माग्न ठुला तथा साना राजनीतिक दलका नेताहरु गाउँ गाउँ पुग्न थालेका हुन् ।
जसमध्ये धनुषा–१ मा पनि संघीय चुनावको चहल पहल बढेको छ । यस क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सचिव मातृका यादवलाई उम्मेदवार बनाएको छ भने जसपा–एमाले गठबन्धनका जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपक कार्की चुनावी मैदानमा उत्रिएका छन् । धनुषा १ मा यी दुई नेताबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
२०७४ सालको चुनावमा पनि कार्कीलाई यादवले पराजीत गरेका थिए । त्यसबेला वाम गठबन्धनबाट उम्मेदवार माओवादीका सचिव यादवले यादवले २६ हजार मत ल्याएर विजय भएका थिए भने तत्कालीन फोरम र राजपा गठबन्धनका उम्मेदवार दीपक कार्कीले १७ हजार मत ल्याएका थिए । यस वर्ष पनि स्थानीय तहको निर्वाचन अन्तर्गत यादव नै बलियो उम्मेदवार देखिएका छन् ।
धनुषा–१ मा पाँचवटा नगरपालिका छन् । त्यसमध्ये एउटा माओवादी केन्द्र र बाँकी सबैमा नेपाली कांग्रेस जित हात पारेको छ । सबैला नगरपालिका माओवादी तथा धनुषाधाम, गणेशमान चारनाथ, हंसपुर र मिथिला विहारी नगरपालिका कांग्रेसका उम्मेदवार विजयी भएका छन् । हंसपुर नगरपालिकाका पाँच र मिथिलि विहारी नगरपालिकाका चारवटा वडा धनुषा–१ मा छन् ।
स्थानीय तहको चुनावमा सत्ता गठबन्धनले वडामा ४० हजार ४१८ मत प्राप्त गरेको थियो भने जसपा–एमाले गठबन्धनले २५ हजार ६०१ मत मात्र प्राप्त गरेको थियो । यहाँ सबभन्दा बढी मत कांग्रेसले १८ हजार ५१४ त्यसपछि माओवादी केन्द्रले १२ हजार ३४३ मत ल्याएको थियो ।
त्यसपछि लोसपाले ६ हजार ६२४ र नेकपा (एकीकृत समाजवादी) ले दुई हजार ९३७ मत प्राप्त गरेको थियो । एमालेले १६ हजार ५८१ र जसपाले नौ हजार २० मत ल्याएको थियो । त्यसकारण सत्ता गठबन्धनका उम्मेदवार यादव यस क्षेत्रमा बलिया देखिन्छन् ।




प्रतिक्रिया